काठमाडौं – पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक अपहन्न ४ बजे बस्ने भएको छ ।

हिजो सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्थानीय निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा छलफल केन्द्रित हुने जानकारी दिनुभयो ।

बैठकमा स्थानीय निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र गठबन्धन समर्थित उम्मेदवारहरुलाई कसरी विजय गराउने भन्नेबारेमा छलफल केन्द्रित हुने बताइएको छ ।