साङ्केतिक तस्वीर
बाँके – नेपालगञ्जको मुख्य बजार क्षेत्रमा पर्ने वीपीचोकसँगै एक कारले ठक्करदिंदा तीन जना व्यक्तिको मृत्यु भएको छ । बाँके प्रहरी कार्यालयले जनाए अनुसार उक्त घटना राती पौने १२ बजे घटेको हो ।

प्रदेश ३०१ २३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा हिँडिरहेका ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका अलि इद्रिसी र ५ वर्षका कसिम इद्रिसी को मृत्यु भएको प्रहरीले जनाएको छ । कारले ठक्कर दिएलगत्तै घाइते भएका उनीहरुलाई उपचारार्थ सोही कारका चालकले नजिकैको नर्सिङहोम लगेको बताइएको छ । गम्भीर घाइते भएका उनीहरु तीनै जनालाई अस्पताल पुर्याएको करिब १५ मिनेट पछि नै मृत घोषणा गरेको थियो ।

बाँके जिल्ला प्रहरी कार्यालयले दुर्घटना भएको कार र चालकलाई नियन्त्रण लिइ अनुसन्धान भैरहेको जनाएको छ ।