काठमाडौं — नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद कोइराला (गोविन्द बन्दी) ले आ–आफ्नो मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्योग मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । यसअघि मन्त्री बडुले सम्हाल्दै आउनु भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा नवनियुक्त मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले सम्हाल्नु भएको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री दिलेन्द्रप्रसाद बडूलाई कानुनबाट उद्योग मन्त्रालयमा नियुक्त गर्नुभएको थियो भने कानुन मन्त्रालयको मन्त्रीमा अधिवक्ता गोविन्द्रप्रसाद कोइरालालाई नियुक्त गर्नुभएको थियो ।