काठमाडौं – काठमाडौंको मुटु बाफलमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–२ का किशोर सुवेदी रहेको प्रहरीले जनाएको छ ।

आज बुधबार दिउँसो बाफलमा टाटा योद्धा गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुवेदीको उपचारको क्रममा मनमोहन मेमोरियल अस्पताल मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

कलङ्कीबाट स्वयम्भूतर्फ जाँदै गरेको बा १७ च ४९०३ नम्बरको गाडीले विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २–०२८ प ७७२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर गाडीका चालक भने फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।