काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ । आयोगले गोरखापत्रमा सूचना जारी गर्दै आन्तरिक तर्फको लागि मुख्य प्रशिक्षक, वरिष्ठ प्रशिक्षक, उप–प्रशिक्षक, प्रशिक्षकको लागि दर्खास्त आह्वान गरेको हो ।

प्रकाशित सूचना अनुसार यी पदहरुमा आयोगले आन्तरिक प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नेछ । दर्खास्त दिन चाहने उमेदवारहरुले २७ वैशाख २०७९ सम्म नियमित शुल्कमा र दोब्बर दस्तुरमा ३ जेठको राति १२ बजेसम्म त्रिवि सेवा आयोगको वेबसाइटमा अङ्कित अनलाइन् फारम भर्न सकिने आयोगले उल्लेख गरेको छ ।