काठमाडौं – नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहान साढे १० बजे गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा देशभरबाट उद्योग व्यवसायमा संलग्न एमाले निकटका व्यवसायीहरूले सहभागिता जनाउने छन् । महाधिवेशन भोलिसम्म चल्नेछ । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ एमालेको २२ औँ जनवर्गीय सङ्गठनको रूपमा सक्रिय छ ।