काठमाडौं – नेपाल आयल निगमले डिजेल, पेट्रोल मट्टितेल र एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । गए राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । इन्धनमा भएको मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १ सय ६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १ सय ४३ रुपैयाँ पुगेको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । यस अघि १ हजार ५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १ हजार ६ सय रुपैयाँ पुगेको छ ।