काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा प्रश्नपत्र अनलाइनबाट पठाउने भएको छ । गतवर्ष अनलाइनबाट प्रश्नपत्र पठाउँदा सहज भएकाले यो वर्ष पनि अनलाइनबाट नै पठाउने निर्णय भएको र ‘प्रविधिको प्रयोग गर्न खोजिएको बोर्डले जनाएको छ ।

बोर्डले विद्युत र प्रिन्टर सुविधा भएका विद्यालयमा केन्द्र राख्ने भएको छ । आगामी १६ जेठदेखि सुरु हुने परीक्षामा करिब ४ लाख २५ हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ ।