काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतथा सफा रहने छ ।

प्रदेश १ को पहाडी भू–भागका थोरै स्थानहरूमा र बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।

अहिले बिहान प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ । हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।