काठमाडौं – नेपाल प्रहरीका तीनजना डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले एआईजी बढुवाविरुद्ध दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको पेसी हेर्न नमिल्ने सूचीमा राखिएपछि आज पनि सर्वोच्चले रेग्मीकै इजलासमा रिटको पेसी तोकेको छ ।

डीआईजीहरुले आफूभन्दा कनिष्ठलाई एआईजी बढुवा गरिएको भनी विभेद गरेको भन्दै सर्वोच्च पुगेका हुन् । रिटमा उनीहरूले कनिष्ठ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिँदा आफूहरूमाथि विभेद भएको भन्दै बढुवा सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन्।