काठमाडौं – विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारणले गर्दा विदेशमा पढ्न जानबाट रोकिएका विद्यार्थीहरूले यहि चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ ।

कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका विद्यार्थी स्वदेश फर्केका थिए । बढ्दो कोरोना सङ्क्रमण र लकडाउनले पढाइलाई निरन्तरता दिन नपाएका विद्यार्थीहरूलाई मन्त्रालयले निवेदन दिई सम्पर्कमा आउन आह्वान गरेको छ ।

www.moest.gov.np मा राखिएको निवेदनको ढाँचामा उल्लेखित विवरण खुलाएर चैत २५ अर्थात् आगामी शुक्रबारसम्ममा मन्त्रालयको शिक्षा शाखाको इमेल [email protected] मा निवेदन दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

चीनलगायत देशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूले फेरि चीन गएर पठन–पाठनलाई निरन्तरता दिने वातावरण बनाइदिन पटक–पटक सरकारलाई आग्रह गर्दै आएका थिए ।