काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रहरु जसपालाई स्वीकार्य नहुने जिकिर गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत् टिप्पणी गर्दै लेख्नुभएको छ, जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न ।