धनगढी – कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधिहरु नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । वि.सं.२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको हो ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका ४ जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । वेदकोट नगरपालिका– ३ दैजीमा आयोजित कार्यक्रममा उहाँहरुलाई नेता नेपालले पार्टी प्रवेशमा स्वागत गर्नुभयो ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका ४ जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधिहरुले आफूहरु पार्टीभित्रबाट पेलानमा परेको कारण एकीकृत समाजवादी रोजेको बताएउनुभएको छ ।