प्रतिकात्मक तस्वीर

घोराही – दाङमा इनारमा हामफालेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२ रामपुर निमोरियाका ३४ वर्षीय होमनारायण चौधरी रहेका छन् ।

चौधरीले आइतबार बिहान साढे ८ बजे इनारमा हामफालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको उजुरीपछि नेपाली सेना र प्रहरी टोली घटनास्थलमा पुगेर शव निकाल्ने काम भइरहेको जनाइएको छ । इनार झण्डै २५ फिट गहिरो भएको र पानी धेरै भएकोले शव निकाल्न बढी समय लागेको नेपाली सेनाको टोलीले जनाएको छ ।

मृतक चौधरी के कारणले इनारमा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक स्थानीयका अनुसार चौधरीले गाउँमा अनैतिक क्रियाकलाप गरेको जानकारी पाएपछि गाउँलेले छानबिन गर्न बैठक बोलाएका थिए । सोही कारण उनी इनारमा हामफालेको हुन सक्ने स्थानीयको अनुमान छ ।