काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीस्थित नेपाली दूतावासमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा हटाइएको आरोप लगाउनुभएको छ ।

एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले उक्त कुराको आरोप लगाउनुभएको हो । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीले सरकारले प्रकाशित गरेको १०० दिनमा चुच्चे नक्सा हटाउनुभो, के यो साधारण कुरा हो ? भौगोलिक अखण्डताप्रतिको खेलवाड हो । पाँचदलीय गठबन्धनका देशद्रोहीहरुलाई सोध्नुपर्ने कुरा के हो भने चुच्चे नक्सा खोइ ?’

चुनावको मुखमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको विषयमा प्रश्न गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो ‘यही कुराका लागि जानुभएको हो दिल्ली ? केका लागि जानुभएको हो ?’