फाइल तस्वीर

काठमाडौं – सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको भनी विभागले सूचना निकाल्दै रुटगत भाडादर सार्वजनिक गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनमा पनि १० प्रतिशतले भाडा बढाएको छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् । भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय गरिने बताउनुभएको छ ।

हेर्नुहोस् लामो दूरीमा चल्ने सार्वजनिक सवारीको नयाँ भाडादर सूची :