फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठतम गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्री जिम्मेवारी दिनुर्भको हो । प्रधानमन्त्री देउवा आजदेखि तीनदिने भारतको भ्रमणमा जानु भएको छ । प्रधानमन्त्री देउवा चैत २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।