साङ्केतिक तस्वीर
काठमाडौं – काठमाडौंको महाङ्कालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोहम्मदले चलाएको बा ६४ प ६३८० नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले साँझ पौने ६ बजे ठक्कर दिएको थियो । ग्याँस ट्याङ्करका चालकलाई नियन्त्रणमा लिइ प्रहरी वृत्त जनसेवामा राखिएको प्रहरीले जनाएको छ ।