काठमाडौं – काठमाडौंको धोबी खोलास्थित सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार बिहान पुलमुनि फोहोरको डङ्गुरसँगै शव भेटिएको हो । फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

फोहोरको डङ्गुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशु नावालिकाको शव फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी बृत्त, मालीगाउँबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीद्वारा रीतपूर्वकको लासजाँच प्रकृति मुचुल्ला समेतको कार्य सम्पन्न गरी शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा महानगरीय प्रहरीवृत्त, मालीगाउँबाट थप अनुसन्धान भइरहेको छ ।