काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचन (वि.सं.२०७९) मा सत्ता गठबन्धन दल एकतावद्ध भएर अघि बढ्ने बताउनुभएको छ । आज राजधानीमा आयोजित रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन दल एकतावद्ध भएर अघि बढ्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो ‘ सबै गठबन्धन दलको सहयोगमा म प्रधानमन्त्री बनेको हो ‘चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्छौं ।’ प्रधानमन्त्री देउवाले आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताउनुभयो । सफल र स्वतन्त्र चुनावका लागि मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै साथ र सहयोगको आग्रह गर्नुभयो ।