फाइल तस्वीर
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेपालका चुनौती र सम्भावना ठिक ढंगबाट पहिचान गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालको २४ औं वार्षिकोत्सवमा वाहाँले देशमा चुनौती नै चुनौती रहेको र हाम्रा विगतको कार्यशैलीले समस्याको समाधान गर्न नसकिने देखिइसकेकाले नयाँ ढंगले जानुपर्ने बताउनु भयो । लोकतन्त्र र संविधानको रक्षाका लागि चुनौतीको सामना गरेर आफूहरू अगाडि बढिरहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेतो खनालले बताउनु भयो ।
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा आम जनतासामु रहेको वाहाँले बताउनु भयो । नेपाली समाजलाई स्थायित्वतिर लग्नुपर्ने बताउँदै खनालले संविधानको रक्षा र उपलब्धीको रक्षाको जिम्मेवारी दलहरूमा रहेको बताउनु भयो ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गर्नु भयो ।