फाइल तस्वीर
अछाम — अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् । ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटी तर्फ जादै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर बुधबार बेलुकी पौने ८ बजे पल्टीएको थियो ।