फाइल तस्वीर
काठमाडौं – शिक्षक सेवा आयोगले आजदेखि स्थायी शिक्षक भर्नाका परीक्षा सञ्चालन गरेको छ । १७ हजार २ सयभन्दा बढी दरवन्दी पदपूर्तिका लागि आजदेखि परीक्षा सञ्चालन गरिएको हो । आजदेखि लिइएको परीक्षाको नतिजा प्रकाशनदेखि नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएको छ ।

आज पहिलो दिन माध्यमिक तहका विभिन्न विषयगत शिक्षकको परीक्षा सुरु ११ बजेबाट सुरुभएको छ । चैत १७ गते निम्नमाध्यमिक तहको र १९ गते प्राथमिक तहको परीक्ष हुने छ । त्यसैगरी २१ गते आन्तरिक बढुवातर्फको परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगले माध्यमिक तहमा १ हजार ५ सय ४७, निमावि तहमा २ हजार ५ सय ९८ र प्राविमा १३ हजार ९३ जनाका लागि विज्ञापन खुलाएको थियो । माध्यमिक तहमा मात्रै ३५ हजार ५ जना ५६ जनाले आवेदन दिएका छन् । यस परीक्षामा ४० प्रतिशत अङ्क प्राप्त गरेमा पास हुने प्रावधान छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाका अनुसार करिब पाँच वर्षपछि सञ्चालन हुन लागेको शिक्षक सेवा आयोगको परीक्षाका लागि सबै प्रकारका सुरक्षा रणनीति अपनाइएको छ ।