फाइल तस्वीर
काठमाडौं – नेपाली काङग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले आगामी निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने भएको छ । मङ्गलबार दिउँसो ३ बजेका लागि तय गरिएको कार्यसमितिको बैठकले चुनावी गठबन्धनका बारेमा निर्णय गर्न लागेको हो ।

आगामी चुनावमा सत्ता गठबन्धनका दलहरुबीच आवश्यकताको आधारमा तालमेल गर्ने नीति कांग्रेसले लिएको छ । यद्यपि गठबन्धन गर्न नहुने तर्कसहितको मत पनि केन्द्रीय समितिमा आएको छ ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने वर्तमान सत्ता गठबन्धनका दलहरुसँग तालमेल गरेर चुनावमा जानुपर्नेमा दृढ देखिएका छन् । त्यसैले केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने भनेर आधिकारिक निर्णय लिने अनुमान छ ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण मतहतले स्थानीय तह निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा आजको केन्द्रीय समिति बैठकबाट निर्णय गर्ने जानकारी दिए ।