फाइल तस्वीर
ललितपुर– नेपाली काङग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक रहेको बताउनु भएको छन् । ललितपुरको सानोपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले यस्तो धारणा राख्नु भएको हो ।


एमालेलाई साइजमा राख्न आगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम राख्नुपर्नेमा जोडदिंदै नेता पौडेलले ‘हामीले माओवादी र एकीकृत समाजवादीलाई अलिकति मत थपिदिएर एमालेलाई साइजमा राख्ने अवसर आएको छ । संविधानलाई जोगाउन सत्ता गठबन्धन गरिएको हो । हाम्रो मुख्य लडाइ एमाले र केपी ओलीसँग हो’ बैठकमा बोल्नु भएको थियो ।
नेता पौडेलले एक्लाएक्लै चुनावमा जान सक्ने अवस्था नरहेको विश्लेषण गर्दै ‘हामीले साथ नदिए उनीहरु एक्ला एक्लै चुनावमा जाने अवस्था छैन । काङ्ग्रेसले गठबन्धन नगरे माओवादी र समाजवादी एमालेसँग गठबन्धन गर्छन् । त्यसपछि हाम्रो अवस्था के छ साथीहरूलाई थाहा छैन र रु’ भन्दै प्रतिप्रश्न गर्नुभयो ।


काङ्ग्रेसमा संस्थापन पक्ष सत्ता गठन्धन दलहरुसँगै चुनावमा पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिंदै आएको छ भने इतरपक्षको नेतृत्व गर्दै आउनु भएका नेता डा। शेखर कोइराला खेमाका नेताहरुले काङ्ग्रेस एक्लैले निर्वाचन लड्नु पर्ने जिकिर गर्दै आउनु भएको छ ।
शुक्रबारदेखि सुरु भएको बैठकको बैठक जारी छ । अर्को बैठक भोलि मङ्गलबार ३ बजे पुनः बस्नेगरी सकिएको छ ।