फाइल तस्वीर
काठमाडौं— प्रधानमन्त्री समेत रहनुभएका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्तासाझेदार दलहरुबीच गठबन्धन गर्नुको विकल्प नरहेको बताउनु भएको छ । ललितपुरस्थित पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताउनु भएको हो ।

आगामी निर्वाचनमा काङ्ग्रेस एक्लै चुनावमा जानुपर्ने केही नेताहरुले धारणा राखेपछि सभापति देउवाले गठबन्धन गरेरै जानुपर्नेमा जोडदिनु भयो । बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको भन्दै ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरेर हुन्छ ?’, भन्नुभयो । प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं भन्या । पहिला धेरै साथीहरूले हार्नु भएको होइन र ? भनि प्रतिप्रश्न समेत गर्नुभयो ।

पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा जोड दिंदै प्रधानमन्त्री देउवाले ‘मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि । पुराना कुरा सम्झेर हुन्छ र ? त्यसकारण निर्वाचनमा गठबन्धन गरेर जाऔं’– भन्नुभएको छ ।