फाइल तस्वीर
काठमाडौं– आज बसेको मन्त्रिपरिषद्को बैठकले दुग्ध विकास संस्थानमा रिक्त रहेको महाप्रवन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । कृषि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गरेको हो । नवनियुक्त महाप्रवन्धक झा सोही संस्थानमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तैगरी आजकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको छ ।