फाइल तस्वीर
काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री देउवा चैत १८ शुक्रबारदेखि २० गतेसम्म भारत भ्रमणमा जानुभएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहनुभएको छ ।

गत असारमा प्रधानमन्त्री भएपछि देउवाको यो भ्रमण दोस्रो राष्ट्रमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले चैत १९ गते उपराष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले भारतीय विदेशमन्त्री र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखसँग पनि भेटवार्ता गर्ने कार्यसूची रहेको छ । नयाँ दिल्लीमा राजनीतिक भेटवार्ताका साथै प्रधानमन्त्री उत्तर प्रदेशको वरानस पनि जाने भारतीय विदेश मन्त्रालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।