फाइल तस्वीर
काठमाडौं – सत्ताघटक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जानुहुने भएको छ । माओवादी अध्यक्ष प्रचण्ड युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्न रोल्पा जान लाग्नु भएको हो ।

निर्माण गरिउको उक्त टावरमा माओवादीको १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका केही सहिदहरुको शालिक सहित एक हजारभन्द बढीको नाम राखिएको रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसीले जानकारी दिनुभएकोे छ ।

झण्डै ६ करोड रुपैयाँमा निर्माण गरिएको उक्त टावरको उद्घाटन पछि माओवादी केन्द्र जिल्ला पार्टी कार्यालयले आयोजना गरेका माओवादी आमसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्डले लिबाङको टुँडिखेलमा जानुहुने बताइएको छ ।

आसन्न निर्वाचनलाई लक्षित गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीका प्रदेश समितिदेखि स्थानीय तहसम्मका कार्यक्रममा पुगेर कार्यकर्ता प्रशिक्षणका नामामा चुनावी अभियानमा लाग्नु भएको छ ।