काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज मेरियट होटलमा भेटवार्ता भएको हो ।


चिनियाँ विदेशमन्त्री वाङसँग भेटगर्न अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ मेरियट होटल जानुभएको थियो । मेरियट होटलमा मै यस अघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरू ईश्वर पोखरेल र शङ्कर पोखरेलसँग विदेशमन्त्री यीले भेटवार्ता गर्नुभएको थियो ।