काठमाडौं – नेपालको तीन दिने औपचारिक भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । विदेशमन्त्री वाङ र एमाले अध्यक्ष ओलीबीच काठमाडौंको मेरियट होटेलमा भेट भएको हो ।

दुई देशका नेताहरुबीच दुईपक्षीय आपसी हितका बारेमा विविध विषयमा छलफल भएको बताइएको छ । उक्त भेटघाटका अवसरमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताहरूको समेत उपस्थित थियो । चिनियाँ विदेशमन्त्री वाङले आजै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आइतबार नेपाल आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ आज अपरान्ह स्वदेश फर्कदै हुनुहुन्छ । नेपाल आउनु अघि विदेशमन्त्री वाङले पाकिस्तान र अफगानिस्ताको भ्रमण गरेर भारतको दिल्ली हुँदै नेपाल आउनु भएको थियो ।
एमाले अध्यक्ष ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता