काठमाडौं – नेपाल र चीनबीच नौंबुुँदे समझदारी भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्को निमन्त्रणामा नेपालको तीन दिने भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षीको उपस्थितिमा आज शनिबार सिंहदरबारमा नौंबुँदा समझदारी भएको हो ।

दुई देशबीच परराष्ट्र मन्त्रीस्तर र प्रतिनिधिमण्डलस्तरमा छलफल भएको पछि समझदारीमा हस्क्षाक्षर भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुने छ । शुक्रबार नेपालको तीन दिने भ्रमणमा आउनु भएको चिनियाँ विदेशमन्त्री यी भोलि आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।