फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच प्रधानमन्त्री निवास बालुवाटरमा भेटवार्ता भएको छ । उक्त भेटमा नेता कोइरालाले प्रधानमन्त्री देउवासँग नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व चयन गर्दा परामर्श नगरेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो ।

सभापति देउवाले आफ्ना कुरा नसुन्ने र एकलौटी किसिमले पार्टी सञ्चालन गर्दै जाने हो भने आफूले पनि समानान्तर समूह बनाएर अघि बढ्ने भन्दै समानान्तर समूह बनाएर अघिबढ्द आफुलाई दबाव आएको समेत चेतावनी दिनुभयो ।

प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले पार्टीलाई बलियो बनाउन मिलेर अघि बढ्नु पर्नेमा जोड लिएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराउनु भएको छ ।

काङ्ग्रेस सभापति देउवाले हालै मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभए पछि संस्थापनइतर पक्षमा असन्तुष्टि चुलिन थालेको छ ।