फाइल तस्वीर
नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन् । शुक्रवार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए । उनले नेविसंघ अब राजनीतिक मुद्दाहरूमा नभइ शैक्षिक मुद्दाहरूलाई अघि बढाउनतर्फ लाग्ने प्रतिवद्धता जनाए ।

सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिए । उनले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताए ।

त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका निवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताए । उनले राजनीतिक मुद्दाहरु भन्दा शैक्षिक मुद्दाहरु बोकेर नेविसंघ अब अगाडि बढ्ने बेला भएको बताए ।

केन्द्रीय सदस्य ढुंगानाले लामो समय नेविसंघको नेतृत्वलाई लिएर उमेर हदको कुरा चलेपनि अबको नेतृत्वले युवाअवस्थामै नेतृत्व लिन सफल छौँ भन्ने सन्देश दिने गरी काम गर्नुपर्ने बताए ।एक बालिका घरको आँगनबाटै हराइन्
जनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको परिवारजनले जनाएका छन् । बालिकालाई कसैले अपहरण गरेर लगेको हुनसक्ने स्थानीयको आशंका छ ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले हराएकी बालिकाको खोजी भइरहेको जानकारी दिए ।