फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा श्रीलङ्काको भ्रमणमा नजाने हुनुभएको छ । प्रधानमन्त्री देउवाको श्रीलङ्काका हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनमा सहभागी हुन चैत १६ गते त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

श्रीलङ्काले मार्च ३० तारिख (चैत १६ गते) देखि बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलनको आयोजना गर्दैछ ।

परराष्ट्र मन्त्रालयले जनाए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको श्रीलङ्का भ्रमण स्थगित भएको र प्रधानमन्त्री देउवाले बिमस्टेक सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नु हुनेछ । बिमस्टेकमा नेपालसहित भारत, श्रीलङ्का, थाइल्याण्ड, बङ्गलादेश, भूटान र म्यानमार गरी सात देशहरु सदस्य राष्ट्र हुन् ।

यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्काले गत फागुन २३ गते गर्नुभएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा चैत १६ गते श्रीलङ्का जानुहुने बताउनु भएको थियो ।