फाइल तस्वीर ।
ललितपुर – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशन भोली शनिबारदेखि हुने भएको छ । ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा हुने उक्त सम्मेलनमा दुई दिनसम्म सञ्चालन हुने बताइएको छ ।

एनआरएनएको महाधिवेशनको उद्घाटनसत्रमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने छ । यसैगरी परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि उद्धघाटन कार्यक्रममा विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

दशौं अन्तर्राष्ट्रिय सम्मेलनलाई सङ्घका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । लामो समयदेखि विवादित रहँदै आएको एनआरएनएको यो सम्मेलनमा पूर्वअध्यक्ष शेष घलेको उपस्थित हुनेछैन ।

दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् । सङ्घको नेतृत्वको लागि भएको विवादलाई अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको आयोजकहरुले बताएका छन् ।