फाइल तस्वीर

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्ने भएको छ । उक्त बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा बस्न लागेको हो ।

बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनेछ बताइएको छ । बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षालगायतमा छलफल हुने बताइएको छ । नेपाली काङ्ग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यान दिंदै गत फागुन २९ गतेदेखि घरदैलो अभियान सञ्चालन गर्दै आएको छ । एक महिने उक्त अभियान चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय निर्वाचनलाई लक्षित गरी प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा स्थानीय चुनाव घोषणापत्र निर्माण समिति गठन गर्नुभएको छ । समितिका सदस्यहरुको नाम चयन भैसकेको छैन । आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले चुनाव घोषणापत्र निर्माण समितिलाई समेत पूर्णता दिने बताइएको छ ।