फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा जानु हुनेभएको छ । पछिल्लो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा भारतको औपचारिक भ्रमणमा पहिलो पटक जान लाग्नु भएको हो ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार चैतभित्रै भ्रमणमा प्रधानमन्त्री भारतको भ्रमणमा जानुहुने छ । प्रेस संयोजक परियारले ‘प्रधानमन्त्री भ्रमणमा जाने निश्चित भएको छ । तर मिति भने तय भइसकेको छैन । मितिका बारेमा छलफल भइरहेको छ’ भन्नुभयो ।

प्रधानमन्त्री देउवा यसअघि भाइब्रेन्ट गुजरात समिटमा भाग लिन जाने तयारी भएकोमा कोरोना भाइरसको महामारीका कारण उक्त भ्रमण नै रद्द भएको थियो ।