फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तभित्र उम्मेदवारहरुकोे सिफारिस गरिसक्न निर्देशन दिएको छ । पार्टीले मातहतका पार्टी कमिटीहरूलाई उम्मेदवारहरुको नाम सिफारिस गर्न समयसीमा तोकेर यस्तो निर्देशन दिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आज बसेको केन्द्रीय कमिटीको बैठकमा आगामी बैशाख ३० गते हुने निर्वाचनको लागि उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न निर्देशन दिनुभएको छ ।

हिजो बुधबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठक अध्यक्ष ओलीको प्रतिवेदन पारित र आगामी निर्वाचन केन्द्रीत रणनीति बनाउँदै आज बिहीबार सकिंदैछ । एमालेको जारी बैठकले स्थानीय तहका उम्मेदवारहरुको छनोट गर्न मापदण्ड समेत निर्धारण गरेको छ ।