काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा वर्तमान सत्तागठबन्धन कायम रहे एमालेले निर्वाचन जित्न कठिन हुने रिपोर्टिङ् भएको छ । केन्द्रीय कमिटीका बैठकमा प्रदेश अध्यक्षहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको तीन वटै निर्वाचनमा एमालेले ७० प्रतिशत सिट जित्ने भन्दै आउनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई यस किसिमको रिपोर्टिङले तरङ्गित बनाइ दिएको छ । आजदेखि सुरुभएको केन्द्रीय कमिटीको बैठकमा प्रदेश अध्यक्षले वर्तमान सत्ता गठबन्धन कायमै रहे एमालेले चुनाव जित्न गाह्रो हुने निष्कर्ष पेश गरेका छन् ।
रिपोर्टिङका क्रममा सत्तागठबन्धन नै निर्वाचनमा एक ठिक्का भएर गएको अवस्थामा अघिल्लो चुनावमा एमालेले जितेकै स्थान जोगाउन समेत मुस्किल हुने बताएका छन् । यदि सत्तागठबन्धन दलहरु निर्वाचनमा अलग अलग उठेका अवस्थामा भने एमालेले निर्वाचन सहजै जित्ने बताएका छन् । राजधानीमा सुरुभएको केन्द्रीय कमिटीको बैठकमा एमालेका सातवटै प्रदेशका अध्यक्षहरुले यस्तो रिपोर्टिङ गरेका हुन् ।