फाइल तस्वीर
धनगढी – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा पदयात्रामा सहभागी भएकी छन् । मंगलबार धनगढी पुगेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी आरजु बुधबार सकल जैन समाजले आयोजना गरेको शान्ति पदयात्रामा सहभागी भएकी हुन् । शान्ति पदयात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम प्यालेससम्म आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा मणिभद्र मुनिजी महाराज एवं विराग मुनिजी महाराजले प्रवचन दिइरहेका छन् । धनगढी बजारमा गरिएको पदयात्रामा आरजुसँगै धनगढीका मेयर नृप वड, कैलालीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत धार्मिक अगुवाहरुको सहभागिता रहेको थियो ।