फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको उक्त बैठक काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने भएको हो ।

आज बुधबार र भोली बिहीबार गरी दुई दिनसम्म चल्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले देशको समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । अध्यक्षको राजनीतिक प्रतिवेदन पछि बैठकमा विस्तृत छलफल हुने बताइएको छ ।

केन्द्रीय कमिटीको बैठकले पार्टीका विभागहरुलाई पूर्णता दिने, स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट र सिफारिसको मापदण्ड तयार गर्ने, स्थानीय निर्वाचनको घोषणापत्र तयार गर्नेदेखि निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटीको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन गर्ने छ । अध्यक्ष ओलीले यी विषयहरुलाई प्रस्तावको रूपमा आज बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ । एमालेको सोमबार पोलिटव्युरोको बैठक बसेको थियो ।