काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की बैंक्वेटमा केहीबेर अघि बैठक सुरु भएको हो ।

जारी बैठकमा स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल भैरहेको छ । बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा आजको बैठकले निर्णण गर्ने र आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकमा पेश गरिने बताइएको छ ।

गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निर्णय गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते आइतबार बस्ने एमालेले जनाएको छ ।