फाइल तस्वीर
तनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलल काङ्ग्रेसकै नेतृत्वमा देशको विकासले फड्को मारेकोे बताउनु भएको छ । तनहुँ जिल्लाको व्यास नगर समिति वडा नम्बर ३ ले पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले यस्तो धारणा राख्नु भएको हो ।

वरिष्ठ नेता पौडेलले काङग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको र विकासले फड्को मारेको दावी गर्नुभयो । नेता पौडेलले तनहुँ जिल्लाको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको भन्दै जिल्लालाई विकासको नमूना बनाउन प्रयत्नरत रहेको उल्लेख गर्नुभयो । वरिष्ठ नेता पौडेलले ‘खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो काङ्ग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौं । व्यासमा थुप्रै पूर्वाधारको विकास भएको छ, नेपाली काङ्ग्रेसले जितेकै कारण यो सम्भव भएको हो’ भन्नुभयो ।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वरिष्ठ नेता पौडेल जिल्ला दौडाहामा तनहुँ पुग्नु भएको हो । नेपाली काङ्ग्रेसले चुनावी अभियान थालेको छ ।