काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका देशका विभिन्न प्रयोगशालाहरुमा गरी ५ हजार ९ सय १४ जनाको कोरोना भाइरसको परीक्षण गर्दा ५१ जनामा सङ्क्रमित भेटिएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार ५ सय ९२ जनाको पीसीआर विधि र तीन हजार तीन सय २२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गरिएको थियो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा कुनैपनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस अवधिमा तीन सय ९२ जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । देशभर कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ९ सय ९६ जना रहेको छ ।