फाइल तस्वीर
काठमाडौं — एमालेका अध्यक्ष समेत रहनुभएका पूर्वप्रधानमन्त्री केपी ओलीले गर्नु भएको ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ आजदेखि प्रारम्भ हुने भएको छ ।

अधिवक्ता गणेश रेग्मीले दर्ता गर्नु भएको रिट निवेदनमा २०७८ भदौ १७ गते जारी भएको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेको थिएन । सर्वोच्च अदालतले आज शुक्रबार उक्त मुद्दा पेशीमा चढ्दैछ । छलफल गर्न भएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार उक्त रिट निवेदन आज शुक्रबार पेशीमा चढ्दैछ । सर्वोच्च अदालतले नेपाल बार र सर्वोच्च अदालत बार एसोसिएसनमा एमिकस क्यूरी (अदालतका सहयोगी) पठाइदिन आग्रह गर्दै पत्र समेत पठाइसकेको छ । उक्त मुद्दामा दुवै बारबाट २÷२ जना प्रतिनिधिहरु एमिकस क्यूरी पठाउनु भनी आदेश भएको थियो ।

अधिवक्ता गणेश रेग्मीले सर्वोच्च अदालतमा दायर गर्नु भएको रिट निवेदनमा सर्वोच्च अदालतले गत भदौ १७ गते सुनुवाइ गर्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्ति सम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गर्न आदेश दिएको थियो । न्यायाधीश हरि फुयाँलको एकल इजलासले जारी गरेको अन्तरिम आदेशमाथि चौतर्फी प्रश्न उठे पछि एकल इजलासमा रहेको उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रशासनिक टिप्पणीबाट संवैधानिक इजलासमा पेश भएको हो । शुक्रबार त्यही निवेदनको पालो परेको हो ।

शुक्रबारको संवैधानिक इजलासले त्यो एकल इजलासको आदेशलाई निरन्तरता दिने कि नदिने भनी टुंग्याउने छ । गत भदौ १७ गते प्रधानन्यायाधीश विनाको संवैधानिक इजलास सञ्चालन हुने जोखिम रहेको भन्दै सर्वोच्च अदालतको एकल इजलासले संवैधानिक इजलासमा विचाराधिन मुद्दाको सुनुवाइ नै रोक्नु भनी आदेश जारी गरेको थियो ।