फाइल तस्वीर
काठमाडौं – निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता प्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति आपत्ति प्रकटक गर्नु भएको हो ।

आयोगले बनाएको निर्वाचन आचारसंहितामा उम्मेदवार हुन चाहने जनप्रतिनिधिहरूले मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने कुरा उल्लेख गरिएको छ । एमालेका नेता रिजालले ‘प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु नपर्ने तर, स्थानीय तहका मेयर र पालिका अध्यक्षहरुले भने निर्वाचनमा जानुअघि पद खाली गरी जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ?’ भनेर प्रतिप्रश्न गर्नु भएको छ ।

स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचनको मिति अगावै पदबाट राजीनामा दिएर जनताका काममा बाधा पुग्ने गरी जुन आचारसंहिता बनाइएको प्रति उपमहासचिव रिमाले प्रश्न गर्दै ‘कुनै पनि सेवा अबरुद्ध नहोस भनेर अवधी सकिनु दुई महिना अघि चुनाव गर्नुपर्ने आयोगले गरेको कानुनी प्रावधान विपरित पद खाली गर्ने आचार संहितामा किन ?’ भनि आपत्ति प्रकट गर्नु भएको छ ।