फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक आज बुधबार बस्दै छ । बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको हो ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए अनुसार संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । सरकारले हिजो मङ्गलबार मध्यरातदेखि संसदको हिउँदे अधिवेशन अन्त्य गरेको विषयलाई लिएर एमालेको संसदीय दलको बैठक बस्न लागेको छ ।
एमालेले गत भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको र संसदले कुनै विजनेश पाउन नसकेकोले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको बताएइको छ ।