काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदबीच शिष्टाचार भेट भएको छ । महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा उहाँहरुबीच भेट भएको हो ।

नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणमा दुईदिने नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री साउद र राष्ट्रपति भण्डारीबीच भएको भेटका क्रममा दुई देशबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विदेशमन्त्री साउद सोमबार साँझ नेपाल आउनु भएको थियो । उहाँ आज मङ्गबार स्वदेश फर्किने कार्यक्रम रहेको ।