काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३९ जनाको पीसीआर विधिबाट र १ हजार ८ सय ७९ एन्टिजेन विधिबाट कोरोनाको नमुना परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा २५ जना, ललितपुरमा १ जना र भक्तपुरमा शून्य सङ्क्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेमा शून्य भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ९ सय ५० जनाले ज्यान गुमाएका छन् भने सोही अवधिमा १ सय ४८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । हाल देशभर ४ हजार ८ सय १९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।